समिक्षा र सरोजको गीत 'भेट्ने होला कहिले'को भिडियो सार्वजनिक — OSNepal

समिक्षा र सरोजको गीत ‘भेट्ने होला कहिले’को भिडियो सार्वजनिक

LC (KTM) December 12, 2022 0

काठमाडौँ ।गायिका समिक्षा अधिकारी र नव गायक सरोज अधिकारीको स्वरमा रहेको गीत ‘भेट्ने होला कहिले’को भिडियो सार्वजनिक भएको छ ।

युवायुवतीको प्रेम अभिव्यक्त भएको सार्वजनिक गीतमा प्रकाश सापकोटाको शब्द तथा संगीत रहेको छ । प्रेम जोडीलाई विवाह गर्ने रहर र अनुभुतिलाई गीत मार्फत प्रस्तुत गरेको गीतकार सापकोटाले बताए ।

विवाहको मौसम पारी सार्वजनिक गीतको भिडियोमा सुधिर श्रेष्ठ र स्मारिका ढकालको अभिनय रहेको छ । भिडियोलाई निशान घिमिरेले निर्देशन, छायांकन तथा सम्पादन गरेका छन् । भिडियोका कोरियोग्राफर अमर रावल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर