अहिले विबाह गरेकी युवतीसँग जिपी ८ वर्षदेखि प्रेममा रहेको उषाको खुलासा — OSNepal

अहिले विबाह गरेकी युवतीसँग जिपी ८ वर्षदेखि प्रेममा रहेको उषाको खुलासा

LC (KTM) December 12, 2022 0

काठमाडौँ । संचारकर्मी जी।पी तिमिल्सिनाले पूर्व मिस नेपाल उषा खड्गीलाई डिभोर्स दिएको छोटो समयमा नै अर्को विबाह गरेका छन् ।
पूर्व मिस नेपाल उषा खड्गीसँग डिभोर्स गरेको ६ महिना नवित्दै तिमिल्सिनाले परिवार र आफन्तलाई साक्षी राखेर सविना अधिकारीसँग दोश्रो बिहे गरेका हुन् । उनको विबाहका तस्विरहरु अहिले सामाजिक संजालमा समेत सेयर भइरहेका छन् ।

उषाले कागजी रुपमा जी।पीले आँफुलाई डिभोर्स दिएता पनि अदालतको फैसला अनुसार कुनै पनि सम्पत्ती नदिएको उषाले बताइन् । जी।पीले दोश्रो बिहे गर्नु अगाडि आफ्नो व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने उषाको भनाई छ । तर एउटै घरको बिच फ्ल्याटमा उषा र उनका २ सन्तान पनि बस्दै आएका छन् । भने माथिल्लो तलामा जिपी र सबिना बस्दै आएका छन् ।

जी।पीले बिहे गरेर दोश्री श्रीमतीलाई पनि लोकन्थलीको घरमा नै राख्दै आएका छन् । घरको तल्लो तला भाडामा लगाइएको छ । उषाका अनुसार भाडाको रकम पनि सबै जीपीले नै लिँदै आएका छन् ।

अदालतले सम्पत्ती बाँडफाँड गर्नु भनेपनि मलाई र मेरा सन्तानलाई दिने कुनै सुरसार उहाँको छैन, उषाले भनिन् । कुराकानीकै क्रममा निकै भावुक बनेकी उषाले भनिन् ‘अहिले मेरो घरमा तमासा चलिरहेको छ ।

अदालतले भने बमोजिमको बच्चा र मेरो अंश दिएर आफ्नो बाटो लाग्नुपर्नेमा जिपीले तमासा देखाइरहेका छन् । उषा र जी।पीबिच जेठ २६ गते अदातलमा डिभोर्स भएको थियो । उषाका अनुसार जिपीसँग ती युवतीको ८ – ९ वर्ष अगाडिदेखि सम्बन्ध थियो । उनले भनिन्, ‘मैले सुनेअनुसार मेरो बाबु पेटमा आउनुभन्दा अगाडिदेखि नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर