रेल गाडीमा निर्देशक गौरवकै स्वर र अभिनय, हेर्नुहोस् भिडियो — OSNepal

रेल गाडीमा निर्देशक गौरवकै स्वर र अभिनय, हेर्नुहोस् भिडियो

LC (KTM) December 13, 2022 0

काठमाडौं । पछिल्लो समयका चर्चित र ब्यस्त निर्देशक हुन् गौरव गिरी । उनै निर्देशक गिरीको स्वर तथा अभिनय रहेको रेलगाडी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

रेखा जोशी र निर्देशक गिरीको स्वर रहेको गीत रेलगाडीका शब्द सुनिल बोहराका हुन् । जसमा संगीत पनि गीतकार बोहराकै रहेको छ ।

हेमन्त धामी, अन्जना राउत, रेश्मा विष्ट, गौरव गिरीको अभिनय रहेको भिडियोको छायांकन दिपक गिरीले गरेका हुन् भने सम्पादन भद्र जंग कुँवरले गरेका हुन् ।

भिडियोले वैँशालु उमेरमा प्रेममा परेर एक अर्काबिना बाँच्न नसक्ने र सँगसँगै भएर अघि बढ्ने प्रेमी प्रेमीकाको कथालाई नजिकबाट देखाएको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर