नेपालकी सुन्दरी न्यासी खड्का मिस इन्टरनेश्नलको अन्तिम १५ मा पनि स्थान बनाउन सकिनन् , उपाधी जर्मनी सुन्दरी जस्मिनलाई — OSNepal

नेपालकी सुन्दरी न्यासी खड्का मिस इन्टरनेश्नलको अन्तिम १५ मा पनि स्थान बनाउन सकिनन् , उपाधी जर्मनी सुन्दरी जस्मिनलाई

LC (KTM) December 13, 2022 0

जर्मनीकि सुन्दरीले मिस इन्टरनेसनल २०२२ को उपाधि जित्न सफल भएकी छिन् । २२ वर्षीया जर्मन प्रतियोगी जस्मिन सेलबर्गले यस वर्षको मिस इन्टरनेश्नल २०२२ को ताज हात पार्न सफल भएकी हुन् । ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भए ।

जापानको राजधानी टोकियोमा आयोजित विश्व प्रतिष्ठित मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धामा भाग लिएका थिए । नेपालबाट भने न्यान्सी खड्काले प्रतिस्पर्धामा भाग लिएकी थिईन् । तर उनले अन्तिम १५ मा स्थान बनाउन सकिनन् । यसपटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो ।

राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले र्‍याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनको लागि पनि मतदान गरेका थिए । जसमा एसियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर