क्यानडा पठाइदिन्छु भन्दै एक करोड पचास लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार अधिकारी पक्राउ — OSNepal

क्यानडा पठाइदिन्छु भन्दै एक करोड पचास लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार अधिकारी पक्राउ

LC (KTM) July 02, 2021 0

काठमाडौँ १८ असार । क्यानडा पठाइदिन्छु भन्दै एक करोड पचास लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २१ वर्षीय प्रजिन अधिकारी रहेका छन् ।

निजले सर्लाहीको लालबन्दी नगरपालिका–७, रानीगञ्ज बस्ने ३० वर्षीय यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई र दिन्छु भन्दै १७ लाख ठगी गरी फरार भएका थिए । गत वैशाख १३ गते पिडित बस्नेतले निज उपर जाहेरी दिएपछि महानगरीय अपराध महाशाखाले पक्राय गरेको हो ।

पक्राउ परेका अधिकारीलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको जनाइएको छ । अनुसन्धानका क्रममा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भन्दै करिब एक करोड पचास लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर