बिश्वकप फुटबल : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै , कस्ले जित्ला ? — OSNepal

बिश्वकप फुटबल : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै , कस्ले जित्ला ?

LC (KTM) December 17, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले केहिबेर पछि तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ । भोली पौने ९ बजे हुने फाइनल खेलमा भने फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

मोरक्को र क्रोएसिया अहिले केहिबेर पछि तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जित सहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर