मोरक्कोलाई हराउँदै क्रोएसिया बिश्वकप फुटबलको तेस्रो बन्न सफल — OSNepal

मोरक्कोलाई हराउँदै क्रोएसिया बिश्वकप फुटबलको तेस्रो बन्न सफल

LC (KTM) December 17, 2022 0

विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज भएको खेलमा क्रोएसियाले बाजी मारेको छ । केहिबेर अघि सम्पन्न खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो । खालिफा रंगशालामा भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २–१ गोलले पराजित गर्दै तेस्रो बन्यो ।

क्रोएसियाको जितमा जोस्को भार्डिओल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरोक्कोका लागि अच्राफ डारीले गोल फर्काएका थिए । खेलको सातौँ मिनेटमा नै क्रोएसियाका जोस्को भार्डिओलले गोल गर्दै अग्रता बनाएका थिए । तर क्रोएसियाले बनाएको अग्रता दुई मिनेट पनि टिक्न सकेन ।

खेलको नवौँ मिनेटमा मोरोक्कोका लागि अच्राफ डारीले गोल गर्दै १–१ गोलको बराबरी दिलाए । खेलको ४२औँ मिनेटमा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाएका थिए । सबै गोल पहिलो हाफमै भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर