भ्यानकुभरबाट दुई हजार पाँच सय किलो अफिम बरामद — OSNepal

भ्यानकुभरबाट दुई हजार पाँच सय किलो अफिम बरामद

LC (KTM) December 18, 2022 0

भ्यानकुभर-क्यानाडाको ब्रिटिश कोलम्बिया-क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ ।

बरामाद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो परिमाण हो। गत अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरीन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनर भित्र सामानको जाँच गरेको थियो। एक्स-रे टेक्नोलोजी सहित पत्ता लगाउने उपकरण र प्रविधिको प्रयोग गरेर अधिकारीहरूले ढुवानी प्यालेटहरूमा जाँज गरी सो पत्ता लगाएको बताइएको छ ।

अनुसन्धानको बारेमा कुरा गर्दै क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री मार्को मेन्डिसिनोले समुदायको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको बताएका छन् । अवैध लागुऔषध क्यानाडामा आउनबाट रोक्न र आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर