फ्रान्सविरुद्ध मेस्सीले गरे शानदार गोल, खेल रोमाञ्चक मोडमा — OSNepal

फ्रान्सविरुद्ध मेस्सीले गरे शानदार गोल, खेल रोमाञ्चक मोडमा

LC (KTM) December 18, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा भईरहेको छ। लुसिल स्टेडियममा भईरहेको खेलमा अर्जेन्टिनाले १ गोलको अग्रता कायम गरेको छ । खेलको २३ औ मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् ।

जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरेका छन्र ।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित खेलिरहेका छन् । दुबै देशले हालसम्म समान दुई दुई पटक विश्वकपको उपाधी उचालिसकेका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत रहेको छ । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकपको उपाधी जित्नै पर्ने दबाब रहेको छ ।

यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स उपाधी रक्षा गर्ने पक्षमा रहेको छ । अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ ।जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर