जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरे — OSNepal

जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरे

LC (KTM) December 18, 2022 0

काठमाडौँ । फिफा विश्वकप २०२२ फाईनलको जारी खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई फ्रान्स विरुद्ध १ – ० को अग्रता दिलाएका छन् ।

जारी विश्वकपमा ६ गोल गरेका मेसीले विश्वकपमा गोल संख्या १२ पुर्याउँदै पेलेसँग बराबरी गरेका छन् । आजको खेल मेस्सीका लागि इतिहाँस रच्ने खेल पनि बन्ने भएका कारण विश्वले नै मेस्सीको खेल हेरिरहेको छ । मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमानी खेलाडी हुन् । आजको खेलसँगै उनले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् ।

मेसीले फ्रान्स विरुद्ध २४ मिनेटभन्दा बढी खेलेपछि अर्को कीर्तिमान पनि बनाउनेछन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार २१७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान तोड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर