भारतकी सरगम कौशलले जितिन् मिसेज वर्ल्डको ताज, सफलताको श्रेय पिता र पतिलाई दिइन् — OSNepal

भारतकी सरगम कौशलले जितिन् मिसेज वर्ल्डको ताज, सफलताको श्रेय पिता र पतिलाई दिइन्

LC (KTM) December 19, 2022 0

काठमाडौं- मिसज वर्ल्डको उपाधी भारतकी सरगम कोशलले जितेकी छन् । २१ वर्षपछि भारतमा यो ताज फिर्ता आएको हो। विश्वका ६३ देशका महिलालाई पछि पार्दै सरगमले ताज हात पार्न सफल भएकी हुन । जम्मू–कश्मिरमा रहँदै आएकी सरगम शिक्षिका हुन्। उनका पति नेवीमा एक अफिसर छन्। उनीहरुको विवाह सन् २०१८ मा भएको थियो।

मिसेज इन्डिया पेजन्टको अफिसियल इन्टाग्राम ह्यान्डलमा उसको घोषणा गरिएको छ। यहाँ क्राउनिङ मोमेन्टको एक झलक शेयर गर्दै लेखिएको छ, ‘लामो समयको पर्खाइ अन्त्य भएको छ। २१ वर्षपछि हामीसँग क्राउन फिर्ता आएको छ।’ कौशलले आफ्नो सफलताको श्रेय पिता र पतिलाई दिएकी छन् ।

यसअघि सरगमले १६ जुन २०२० मा मिस इन्डिया वर्ल्ड २०२२ को पुरस्कार पनि जितेकी थिइन्। सन् २००१ मा यो क्राउन डा अदिति गोवित्रीकरले जितेकी थिइन्। यस पुरस्कारको निर्णायकमा अभिनेत्री सोह खान, विवेक ओबरोय र मोहम्मद अजरुद्दीन रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर