अर्जेन्टिनाका कप्तान मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने — OSNepal

अर्जेन्टिनाका कप्तान मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने

LC (KTM) December 19, 2022 0

काठमाण्डौ -अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन् ।मेस्सीको कप्तानीमा ३६ वर्षपछि अर्जेन्टिनाले कतार विश्व कपको उपाधि जितेको थियो ।

आफू अर्जेन्टिनाको जर्सीमा अझै खेल्न चाहेको र उनले बताउका छन् । उनले विश्व कपको उपाधि जितेपछि तत्काल सन्यास नलिने प्रतिक्रिया दिएका हुन् । । यसअघि मेस्सीले आफ्ना लागि कतार विश्व कप नै अन्तिम विश्व कप भएको बताएका थिए ।

विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि अर्जेन्टिनाको टेलिभिजनमा ३५ वर्षीय खेलाडीले भने, ‘म विश्व च्याम्पियनका रूपमा अझै केही खेलहरू अनुभव गरिरहन चाहन्छु ।’‘मेरो करियरमा हरेक उपाधि जित्न पाउँदा म भाग्यमानी थिएँ, यसैको मात्रै अभाव थियो । म यसलाई त्यहाँ ९अर्जेन्टिना० मा लैजान चाहन्छु र सबैसँग यसको खुसी बाँड्न चाहन्छु,’ उनले भने ।

उनले पाँचौँ पटक विश्व कप खेलेर उपाधि जिताएका मेस्सीले विश्व कपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान समेत बनाएका छन् । फ्रान्ससँगको फाइनल खेलमा उनले विश्व कपमा आफ्नो २६औँ खेल खेले । अहिलेसम्म विश्व कपमा २६औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी हुन् ।

यसअघि सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलेका थिए । मेस्सीले फिफा विश्व कप–२०२२ मा सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल पनि जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर