मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेर थपे अर्को किर्तीमानी — OSNepal

मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेर थपे अर्को किर्तीमानी

LC (KTM) December 19, 2022 0

काठमाडौं । अर्जेन्टिनाका लिओनल मेसी यो विश्वकपमा त झनै सुपरस्टार नै बन्न पुगे । विश्वकप ट्रफी उचाल्दै करियरलाई सार्थक बनाएका मेसीले यस पटक
विश्वकपमा कीर्तिमानै कीर्तिमान बनाउन सफल भए । ३५ वर्षीय मेसीले विश्वकप ट्रफी चुम्लाई १६ वर्ष मिहिनेत गर्नुपर्यो ।

उनले सर्वाधिक २६ खेल खेल्दै विश्वकपको ९२ वर्षे इतिहासमा मेसी दुई पटक गोल्डेन बल जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । यसअघि सन् २०१४ मा फाइनल पुग्दा पनि मेसीले गोल्डेन बल जितेका थिए ।

कतारमा अर्जेन्टिनालाई च्याम्पियन बनाउँदा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मेसीले दोस्रो पटक गोल्डेन बल जितेका हुन् । त्यस्तै अर्को किर्तीमानमध्ये मेसीले विश्वकपमा कप्तानको रुपमा सर्वाधिक १९ खेल खेलेका छन् ।

फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी ७ गोलसहित सर्वाधिक गोल गर्नेमा भने दोस्रो स्थानमा छन् । उनी पाँच फरक विश्वकपमा गोलका लागि असिस्ट गर्ने पहिलो र एक मात्र खेलाडी हुन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार ३१४ मिनेट खेलेका छन् ।

उनले इटलीका पाउलो माल्दिनीको नाममा रहेको २ हजार २१७ मिनेट खेल्ने कीर्तिमान तोडेका हुन् । फ्रान्सविरुद्ध फाइनलमा २४ मिनेट खेलेपछि नै मेसीले कीर्तिमान तोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर