अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले ‘गोल्डेन ग्लोभ’ पाएपछि देखाए अनौठो पोज,बन्यो भाइरल — OSNepal

अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले ‘गोल्डेन ग्लोभ’ पाएपछि देखाए अनौठो पोज,बन्यो भाइरल

LC (KTM) December 19, 2022 0

काठमाण्डौ- अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्व कप कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् । अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका उनले कतार–२०२२ मा गोल्डेन ग्लोभ अवार्ड जित्न सफल भएका हुन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् । सर्वोत्कृष्ट गोलकिपरका रुपमा उनले गोल्डेन ग्लोब्स पाएपछि देखाएको एउटा ‘जेस्च’ भने भाइरल बनेको छ।

गोल्डेन ग्लोभ पाएपछि टिमतर्फ आउनेक्रममा विश्वकप ट्रफी नजिक पुगेर उनले गोल्डेन ग्लोब्सलाई दुई हातले कम्मरभन्दा मुनी, अगाडि राख्दै दर्शकलाई देखाएका थिए। धेरैले यसलाई अश्लिल पोजका रुपमा टिप्पणी गरेका छन्। त्यसअघि अतिरिक्त समयको खेल सकिन एक मिनेट बाँकी छँदा गोलकिपर मार्टिनेजले वन भर्सेस वन बचाएर खेललाई टाइब्रेकरमा पुर्‍याएका थिए।

क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे ।मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए । यो प्रतियोगितामा फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर