म्याग्दी नदी किनारको बगर सम्माएर खेल मैदान — OSNepal

म्याग्दी नदी किनारको बगर सम्माएर खेल मैदान

LC (KTM) December 19, 2022 0

गलेश्वर-पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ ।
खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो । प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्त्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याइने कँडेलले बताउनुभयो ।

उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो ।मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा एक सय २० मिटर लामो ग्याबिन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकुद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएको बताउनुभयो । उहाँले खेलकुदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर