फुटबलबाट संन्यास लिने फ्रान्सेली फुटबलर बेन्जेमाको घोषणा — OSNepal

फुटबलबाट संन्यास लिने फ्रान्सेली फुटबलर बेन्जेमाको घोषणा

LC (KTM) December 21, 2022 0

काठमाडौं, ५ पुस;फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेका छन् । कतार विश्वकअघिको अभ्यासका क्रममा चोट लागेपछि बेन्जेमा टोलीबाट बाहिरिएका थिए । फ्रान्स विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित भएको भोलिपल्ट सामाजिक सञ्जालमार्फत बेन्जेमाले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने निर्णयमा पुगेको जनाएका हुन ।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका बेन्जेमाले सोमबार संन्यासको घोषणा गरेका हुन ।

यसै वर्ष बालोन डी अर जितेका बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन । सन् २००७ मा अष्ट्रियाविरुद्धको खेलमार्फत अन्तर्राष्ट्रिय ‘डेब्यु’गरेका बेन्जेमाले यही वर्ष क्रोएसियाविरुद्ध अन्तिम खेल खेलका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर