गोल्डेन बुट जितेपछि पनि खुशी नदेखिएका एम्बाप्पेले भने- फ्रान्स चार वर्षपछि उपाधिको दाबेदार बन्छ — OSNepal

गोल्डेन बुट जितेपछि पनि खुशी नदेखिएका एम्बाप्पेले भने- फ्रान्स चार वर्षपछि उपाधिको दाबेदार बन्छ

LC (KTM) December 20, 2022 0

काठमाडौं – विश्वकपका गोल्डेन बुट विजेता तथा फाइनलका ह्याट्रिककर्ता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् । पेरिस पुगेपछि स्थानीय पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बन्न सफल भएका उनले चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका थिए । गोल्डेन बुट बिजेता उनले सन् २०२६ को विश्वकप फुटबलमा फ्रान्सले उपाधि दाबेदारी दिने जनाएका हुन् । विश्वकपमा आठ गोल गर्दै गोल्डेन बुट जितेको क्षणमा एम्बाप्पे त्यति खुसी देखिएनन् ।

जतिबेला उनलाई राष्ट्रपतिले मैदानमै गएर सान्तवना दिएका थिए । लगातार दोस्रोपटक विश्वकप उपाधि जित्ने अभियानको नजिक पुगेको फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर