सुमन र इशानलाई स्वर्ण — OSNepal

सुमन र इशानलाई स्वर्ण

LC (KTM) December 20, 2022 0

काठमाडौं, ५ पुस:सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस, कोलकाता ब्रान्चेस)मा स्वर्ण जितेका छन् । पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेशनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके)का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाए ।

भारतको कोलकातामा १७ देखि १८ डिसेम्बरसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि शेख रिजवानले रजत तथा ४५ केजीमुनि प्रवेश गुरुङले काँस्य र कातामा सुशान्त सापकोटाले काँस्य जिते ।

टोलीको प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद साँपकोटा र निरकमल थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर