ओछ्यानमा सुत्दा पनि ट्रफी छाडेनन् मेस्सीले, हेर्नुहोस तस्विरहरु — OSNepal

ओछ्यानमा सुत्दा पनि ट्रफी छाडेनन् मेस्सीले, हेर्नुहोस तस्विरहरु

LC (KTM) December 20, 2022 0

काठमाडौं – विश्वकप जितेपछि विश्वकपको ट्रफी बोकेर अर्जेन्टिका स्टार लियोनल मेस्सी अर्जेन्टिना पुगेका छन् । त्यहा मेसीको टिमलाई स्वागत गर्न जनसागर उर्लिएको थियो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना टोली मंगलबार बिहान अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो । फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४(२ ले पराजित गर्दै ३६ वर्षपछि विश्वकप जितेको अर्जेन्टिनी टिम घर पुगेको छ ।

अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप मा ज्त्दिा अर्जेन्टिनाबासीमा खुशीको कुनै सीमा थिएन् ।अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

अर्जेन्टिनी सरकारले आज सोही अबसरमा सार्वजनिक बिदा गरेको छ । संसारभर चर्चामा आएका उनले ओछ्यानमा जाँदासमेत ट्रफी छाडेका छैनन् । उनले फेसबुकमा राखेको तस्बिरमा ट्रफीसँगै सुतेको अनि केही पिएको देखिएको छ ।

ओछ्यानमा ट्रफीसँग मेस्सी निकै मख्ख देखिएका छन् ।उनका ओछ्यानमा पुग्दा पनि ट्रफी लिएका तस्विरमा धेरै कमेन्ट आइरहेका छन् भने उका फ्यानरु सेयर पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर