३६ वर्षपछि विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा — OSNepal

३६ वर्षपछि विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

LC (KTM) December 20, 2022 0

काठमाण्डौ- फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । श्वकप जितेपछि विश्वकपको ट्रफी बोकेर अर्जेन्टिका स्टार लियोनल मेस्सी अर्जेन्टिना पुगेका छन् ।

त्यहा मेसीको टिमलाई स्वागत गर्न जनसागर उर्लिएको थियो । सोही खुशीयाली आज त्यहाको सरकारले बिदा दिएको हो । समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरी ३६ वर्षपछि विश्व कपको उपाधि जितेको थियो ।अर्जेन्टिनाले यसपालि सहित तेस्रो पटक विश्व कपको उपाधि जितेको छ ।

अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षीय मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् । र्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप मा ज्त्दिा अर्जेन्टिनाबासीमा खुशीको कुनै सीमा थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर