मेस्सीका समर्थकहरुलाई अर्काे खुशीको खबर — OSNepal

मेस्सीका समर्थकहरुलाई अर्काे खुशीको खबर

LC (KTM) December 20, 2022 0

अर्जेन्टिनाले बिश्वकप जिते पछि बिश्वभर रहेका लियोनल मेस्सीका फ्यान तथा समर्थकहरु एकदमै खुशी भएका छन् । अब उनका समर्थकहरुका लागि अर्काे खुशीको खबर बाहिर आएको छ । अर्जेन्टिनका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट स्टार अफ द इयर अवार्ड प्राप्त गरेका छन् ।

बेलायती मिडिया बीबीसीले विश्वकप विजेता मेस्सीलाई २०२२ को यस अवार्ड प्रदान गरेको हो । यो अवार्ड पाए संगै मेस्सीका समर्थकहरु झन् खुशी भएका छन् । ३५ वर्षीय मेस्सीले आइतबार अर्जेन्टिनालाई कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि दिलाएका थिए । अर्जेन्टिनाले ३६ वर्षपछि र तेस्रो पटक विश्वकप उपाधि जितेको हो ।

फ्रान्सेली क्लब पीएसजीका फरवार्डले विश्वकपमा गोल्डेन बल समेत प्राप्त गरेका थिए । पाँचौं पटक विश्वकप खेलेका मेस्सीले कतार विश्वकपमा ७ गोल गरेका थिए । उनले फ्रान्सविरुद्ध फाइनलमा दुई गोल गरेका थिए । विश्वकप उपाधिसँगै ७ पटकको बालोन डीओर विजेता मेस्सीले आफ्नो पुस्ताका सर्वकालीन महान खेलाडीमा आफ्नो नाम दर्ज गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर