बिश्वकप उपाधी जित्न नसकेपछि फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमाद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा — OSNepal

बिश्वकप उपाधी जित्न नसकेपछि फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमाद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

LC (KTM) December 21, 2022 0

फ्रान्सका स्टार खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । उनको यो घोषणा संगै फ्रान्सेली टिमका समर्थकहरु निराश बनेका छन् ।स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड समेत रहेका बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

प्रतियोगिताको दौरान चोट लागेपछि उनी विश्वकपको टिमबाट बाहिरिएका थिए । उनी चोटमुक्त भएर आईतबार सम्पन्न फाइनलमा मैदान फर्कने अपेक्षा धेरैले गरेका थिए । तर नफर्किए पछि समर्थकहरु थप निराश बनेका थिए । उनी रियल मड्रिडले खेलेको मैत्रीपूर्ण खेलमा देखिएका थिए ।

मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पको टिमबाट फालिएपछि बेन्जिमाले कतार फर्कने अवसरलाई अस्विकार गर्दै आएका थिए । फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भएको भोलिपल्ट नै सामाजिक सञ्जालमार्फत बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर