अर्जेन्टिनाले विश्वकप जितेको खुसीयाली मनाउँदै गरेको मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट — OSNepal

अर्जेन्टिनाले विश्वकप जितेको खुसीयाली मनाउँदै गरेको मेस्सीको विश्वकपको ग्यालरी अहिलेसम्म धेरै मन पराइएकाे पोस्ट

LC (KTM) December 21, 2022 0

व्युनोस आर्यस, ६ पुस -अर्जेन्टिनाले विश्वकप जितेको खुसीयाली मनाउँदै गरेको लियोनल मेस्सीको ग्यालरी अहिलेसम्मकै सबैभन्दा धेरै मन पराइएको इन्स्टाग्राम पोस्ट भएको छ । यसलाई पोस्ट गरेको ६ घण्टापछि मेस्सीले साढे ६ करोड भन्दा बढी लाइक प्राप्त गरे र लाइक गर्नेको संख्या निरन्तर बढिरहेको छ ।

कतारमा आइतबार भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जितेको हो । मेस्सीको इन्स्टाग्राम पोस्टले अघिल्लो रेकर्ड–ब्रेकिंग पोस्टको तुलनामा लाखौं बढी लाइक प्राप्त गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर