स्टार खेलाडी मेस्सीलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा — OSNepal

स्टार खेलाडी मेस्सीलाई स्वागत गर्न ४० लाख अर्जेन्टिनी सडकमा

LC (KTM) December 21, 2022 0

व्युनस आयर्स, ६ पुस:विश्वकप च्याम्पियनलाई स्वागत गर्न अर्जेन्टिनाको राजधानी व्युनस आयर्समा मंगलबार लाखौं समर्थक सडकमा भेला भएका छन् । खेलकुद टोलीको बस व्युनस आयर्समा पुग्दा भिड नियन्त्रण गर्न सुरक्षा बललाई हम्मे हम्मे परेकाे थियो ।

विश्व कप टोली बिहान ३ बजे विमानस्थलमा उत्रिएपछि रजाधानीमा ठूलो भिड बढेको थियो । अर्जेन्टिनाको फुटबल जर्सीको नीलो र सेतो लुगा लगाएका झण्डा बोकेका लाखौँ मानिस प्रतिष्ठित ओबिलिस्क स्मारक नजिकै सडकमा भेला भएका थिए । विभिन्न ठाउँमा अर्जेन्टिनाका फुटबल प्रशंसकहरू राष्ट्रिय र क्लब टोलीको जित मनाउन पनि भेला हुन्छन् ।

टोलीको सम्मानमा ४० लाख प्रशंसक भेला भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । आइतबार भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर