लिलुले १० लाख बढी दर्शकको माया पाएसँगै गौरव र एलपी शर्माले ल्याए 'आस्था'को भिडियो, भिडियोको चर्चा — OSNepal

लिलुले १० लाख बढी दर्शकको माया पाएसँगै गौरव र एलपी शर्माले ल्याए ‘आस्था’को भिडियो, भिडियोको चर्चा

LC (KTM) December 21, 2022 0

काठमाडौँ । गायक रवि शर्मा र अनु चौधरीको स्वर रहेको नयाँ गीत आस्था राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको छ । भिडियोमा गीतकार एलपी शर्मासहित सुप्रिया बम ठकुरी, खुशी भट्टराई, मुकेश सुनार र विमल चौधरीको अभिनय देख्न सकिन्छ । एकोहोरो प्रेममा परेकी प्रेमीकाले आफ्नो प्रेमीले छाडेर गएपछि भा]गेको प्रेमपिडा र त्यसपछि चालेको अप्रिय कदमलाई भिडियोमा कलात्मक शैलीमा देखाइएको छ ।

गायक शर्माकै शब्द शृजनामा तयार गीतमा वसन्त कुवंरको छायांकन र वलवहादुर कुवंरको सम्पादन रहेको भिडियोको निर्देशन गौरव गिरीले गरेका हुन् । जसको सार्वजनिक कार्यक्रममा निर्माता एलपी शर्मा, बरिष्ठ कलाकार मिथिला शर्मा, लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा निर्माण यूनिटले पाँच महिना अघि सार्वजनिक गरेको छाउपडीको कथा ब्यथा बोकेको मार्मिक भिडियो लिलूको सफलता
पछि निर्माण युनिटले कास्ट एण्ड क्रू सहितको टिमलाई सम्मान गरेको थियो ।

वरिष्ठ कलाकार मिथिला शर्माको हातबाट उक्त कार्यक्रममा गायिका रेखा जोशी, निर्देशक गौरव गिरी, गायिका गौरी भट्ट, गायिका पुजा देवकोटा, मोडल रोशनी कार्की, कलाकार भद्रजंग कुवंर, गायक रोहित देउवाको साथमा टिम मेम्बर इस्वु संजेल, मुकेश सुनार र पशुपति कुवंर सम्मानित भएका हुन् ।

गीतले युट्युवमा १ मिलियन बढि भ्यूज पाएको छ, भने उत्कृष्ट बनेको भिडियोले दर्शक तथा शुभचिन्तकहरूबाट राम्रो प्रतिक्रिया पाइसकेको छ । भिडियोका निर्माता समेत रहेका एलपीले सामाजिक विषयवस्तुमा बनेको लीलूले हालसम्म पनि विधमान पश्चिमेली समाजको यथार्थ कथा बोल्ने भन्दै सामाजिक चेतनामूलक भिडियो बनाउन पाउँदा आफु खुशी रहेको र भोलीका दिनमा पनि यी र यस्तै गतिबिधिलाई आँफुले निरन्तरता दिने बताए । निजामती कर्मचारी समेत रहेका शर्मा छाउपडी प्रथा उन्मूलनका लागि आँफु र आफ्नो टिम सदैव लागिरहने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर