माधव नेपाललाई भेट्न सँगसँगै अस्पताल पुगे देउवा र प्रचण्ड — OSNepal

माधव नेपाललाई भेट्न सँगसँगै अस्पताल पुगे देउवा र प्रचण्ड

LC (KTM) December 21, 2022 0

काठमाडौं, ६ पुस :नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सँगसँगै अस्पताल पुगेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न बुधबार दुवै जना एकसाथ अस्पताल पुगेका छन् । दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर