बिवादका बिच 'पठान'को अर्का गीत ‘झुमे जो पठान’मा हट बने साहरुख र दीपिका — OSNepal

बिवादका बिच ‘पठान’को अर्का गीत ‘झुमे जो पठान’मा हट बने साहरुख र दीपिका

LC (KTM) December 22, 2022 0

काठमाडौं -फिल्म ‘पठान’को दोश्रो गीत ‘झुमे जो पठान’ सार्वजनिक गरिएको छ । बिशाल एण्ड शेखरको संगीतमा तयार गीतमा कुमारको शब्द, अर्जित सिंह, सुखरिती कक्कर, विशाल र शेखरको स्वर छ ।

बोस्को क्याइसरको कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियामा नायक साहरुख खान र नायिका दीपिका पादुकोणको रोमान्स रहेको छ । गीतमा साहरुख र दीपिकालाई हट अवतारमा देखाइएको छ ।

यस अघि ‘पठान’को पहिलो गीत ‘बेसरम रंग’ सार्वजनिक भएको थियो । यो गीतले युट्युबमा १० करोड भ्यूज पाएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्र सन् २०२३ को जनवरीको २५ तारिखबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर