फुटबल स्टार क्रिस्टियानो रोनाल्डो जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुने — OSNepal

फुटबल स्टार क्रिस्टियानो रोनाल्डो जनवरी १ बाट साउदी क्लबमा आबद्ध हुने

LC (KTM) December 22, 2022 0

काठमाडौँ – जनवरी १ देखिपोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको क्लब अल नासरबाट खेल्ने भएका छन्। रोनाल्डो साढे २ वर्षको सम्झौतामा क्लबमा अनुबन्धन हुन लागेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

रोनाल्डो २१ करोड ७० लाख अमेरिकी डलरमा क्लबमा आबद्ध हुन लागेका हुन्। ३७ वर्षीय रोनाल्डोले कतार विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए।

यसअघि च्याम्पियन्स लिग खेलिरहेका क्लबले नै रोनाल्डोलाई आफ्नो टोलीमा भित्र्याउन प्रयास गरिरहेको समाचार आइरहे पनि अल नासरले सुरुवातदेखि नै रोनाल्डोलाई टोलीमा ल्याउन इच्छा देखाउँदै आएको थियो।

साउदी अरेबियाको क्लबसँगको समग्र वार्षिक सम्झौताको आकार प्रति सिजन करिब २० करोड युरोको हाराहारीमा रहनेछ। पीएसजीका स्टारहरु लियोनेल मेस्सी र नेयमारको आम्दानी भने प्रति सिजन ७ करोड ५० लाख र ७ करोड युरो रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर