बिश्वकप जितेको अर्जेन्टिनाको फिफा वरीयतामा सुधार , ब्राजील पहिलो स्थानमा यथावत — OSNepal

बिश्वकप जितेको अर्जेन्टिनाको फिफा वरीयतामा सुधार , ब्राजील पहिलो स्थानमा यथावत

LC (KTM) December 22, 2022 0

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ विश्व वरीयता सार्वजनिक गरेको छ । जसमा मा नेपाल यथावत रहेको छ । सार्वजनिक विश्व वरीयताको शीर्ष स्थानमा ब्राजिल यथावत रहेको छ । अर्जेन्टिना दोस्रो स्थानमा उक्लिएको छ । कतार विश्वकप विजेता अर्जेन्टिना भने तेस्रो स्थानबाट वरीयताको दोस्रो स्थानमा उक्लिएको हो ।

बेल्जियमलाई पछि पार्दै फ्रान्स पनि तेस्रो स्थानमा उक्लिएको छ । यस्तै बेल्जियम चौंथो स्थानमा झर्दा इंग्ल्यान्ड पाँचौं स्थानमा रहेको छ । नयाँ वरीयतामा छैठौमा नेदरल्यान्ड्स, सातौमा क्रोएसिया, आठौमा इटाली, नवौमा पोर्चुगल र दशौ स्थानमा स्पेन रहेका छन् । फिफाले बिहीबार निकालेको नयाँ वरीयता अनुसार नेपाल भने १७५ औं स्थानमा यथावत रहेको छ ।

दक्षिण एसियातर्फ नेपाल तेस्रो स्थानमा छ । १०६ औं स्थानमा रहेको भारत नेपाल भन्दा अघि रहेको छ । १५६ औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियामा दोस्रो स्थानमा छ । यस्तै नेपालपछि भुटान १८५ औं स्थानमा रहदा बंगलादेश १९२ औं स्थानमा रहेको छ । पाकिस्तान १९५ औं स्थानमा रहदा श्रीलंका १०७ औं स्थानमा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर