दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी — OSNepal

दक्षिणी थाइल्याण्डमा भीषण बाढी, उद्धार जारी

LC (KTM) December 22, 2022 0

बैंकक-व्यापक बाढीले दक्षिणी थाइल्याण्डमा कम्तिमा दुई लाख परिवारलाई असर गरेको बताइएको छ । अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबै प्रभावित क्षेत्रहरूमा बाढी क्रमश सुधारोन्मुख अवस्थामा भएकाले पानीको निकास र पीडितहरूको उद्धार कार्य तीव्र गतिमा अगाडि बढाइएको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ ।

बाढीले छ वटा दक्षिणी प्रदेशका नखोनसी थम्मरात, फत्थलुङ, सोङ्खला, पट्टनी, याला र नराथीवाट लगायात ५७ जिल्लाबाट २ लाख १० हजार ५ सय ५२ घरधुरी प्रभावित भएको डीडीपीएमले जनाएको छ ।बुधबार बाढी प्रभावित क्षेत्रबाट सातवटा शव फेला परेको र दुई जना घाइते पनि भेटिएको विभागले उल्लेख गरेको छ ।

थाइल्यान्डको खाडी र दक्षिणी क्षेत्रमा उत्तरपूर्वी मनसुनले प्रभाव पारेपछि आएको बाढीले आइतबारदेखि बुधबारसम्म भारी वर्षा भएको थियो । उक्त वर्षाले भीषण वाढी र हावाहुरी ल्याउँदा ठूलो भौतिक क्षति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर