सरकारी पैसामा बनेको एउटै शौचालयमा २ वटा प्यान ! तस्बिर सामाजिक सञ्जालमा भाइरल — OSNepal

सरकारी पैसामा बनेको एउटै शौचालयमा २ वटा प्यान ! तस्बिर सामाजिक सञ्जालमा भाइरल

LC (KTM) December 22, 2022 0

काठमाडौं । उत्तर प्रदेशको टाउनशिपमा बनेको शौचालयको धेरै चर्चा छ।चर्चामा हुनुको कारण हो एउटै शौचालयमा दुईवटा ट्वाइलेट प्यान राखिनु । गौराधुन्ध गाउँमा बनेको सामुदायिक शौचालयको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

गौराधुन्ध गाउँमा सचिव र प्रधानले १० लाखको लागतमा सामुदायिक शौचालय निर्माण गरेका हुन् । यद्यपी हालसम्म यसकोे प्रयोग भने कसैले नगरेको बताइएको छ ।

कारण शौचालय बनेको छ तर त्यसमा ढोका राखिएको छैन । । यस विषयमा जिल्ला पञ्चायती राज अधिकारी नम्रता शरणसँग कुरा गर्दा उनले दोषी सचिवलाई नोटिस जारी गरी कडा कारबाहीको माग गरिएको बताइन् ।

पञ्चायती राज अधिकृत नम्रता शरणले आफूले घटनास्थलमा छानबिन गरेको र सामुदायिक शौचालयको अवस्था देखेर छक्क परेको उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर