प्लेटेलेट्स रिच प्लाज्मा थेरापी विधिबाट दाङमै पहिलो पटक कपाल उमार्ने उपचार सुरु — OSNepal

प्लेटेलेट्स रिच प्लाज्मा थेरापी विधिबाट दाङमै पहिलो पटक कपाल उमार्ने उपचार सुरु

LC (KTM) December 23, 2022 0

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कपाल उमार्ने उपचार सुरु भएको छ । प्लेटेलेट्स रिच प्लाज्मा थेरापी ९पीआरपी० विधिबाट दाङमै पहिलो पटक घोराहीमा यो सेवा सुरु भएको हो।

बिरामीको रगत निकालेर रगतबाट प्लेटेलेट्ससहितको प्लाज्मा कपाल झरेको ठाउँमा सुईद्वारा दिएपछि पोषक तत्वको वृद्धि भइ कपाल उम्रने सम्भावना हुने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विशेषज्ञ डा. कृष्ण झा ले बताए । यो बिधी चाउरी हटाउन तथा कपाल उमार्नेसँगै अनुहारमा चमक ल्याउन तथा डन्डीफोर हटाउन पनि प्रभाबकारी मानिन्छ ।

प्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छाला रोग विभागमा यो सेवा सञ्चालनमा आएको हो । प्रतिष्ठानको छाला रोग विभागमा डा। झाको नेतृत्वमा डा। निशा आचार्य र अहेव सुरक्षा घर्ती मगरको टिमले यो काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर