काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित्यो अन्तर बार फुटसल उपाधि — OSNepal

काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित्यो अन्तर बार फुटसल उपाधि

LC (KTM) December 23, 2022 0

काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले फिटनेश फर लयर्स अन्तरगत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ६७ औं बार दिवशको उपलक्ष्यमा आयोजित इन्टर भ्याल्ली बार फुटसल टूर्नामेण्ट २०७९ मा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसनले जित हासिल गरेको हो ।

हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीको संयोजनमा आयोजना भएको प्रतियोगितामा उच्च अदालत बार एसोसिएसनले दास्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उल्लेखित २ सँगै भक्तपुर जिल्ला अदालत बार एशोसिएसन र ललितपुर जिल्ला अदालत बार एशोसिएसन गरी ४ टिम सहभागि थिए ।

लिग चरणमा आधारित खेलमा अंकका आधारमा आयोजक काठमाण्डौं जिल्ला अदालत बार एशोसिएसन र उच्च अदालत बार एसोसिएसन फाइनलमा पुगेका थिए । पुस ७ गते भएको फाइनल खेलमा काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनले उच्च अदालत बार एसोसिएसनमाथि ५–० गोलअन्तरको जित हासिल गरेको हो ।

कायममुकायम प्रधान न्यायधिस हरिकृष्ण कार्की र नेपाल बार एसोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनलाई प्रथम पुरस्कार स्वरुप कप, प्रमाणपत्र, मेडल हस्तान्तरण गरेका थिए ।

उपविजेता उच्च अदालत बार एसोसिएसनलाई प्रमाणपत्र तथा मेडल र सहभागि भक्तपुर जिल्ला अदालत बार एसोसिएसन तथा ललितपुर जिल्ला अदालत बार एसोसिएसनलाई सहभागिताको प्रमाण पत्र दिइएको थियो ।प्रतियोगितामा ९ गोल सहित सर्वाधिक गोलकर्ता काठमाण्डौं जिल्ला अदालत बार एसोसिएसनका खेलाडी एवं हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीलाई प्रमाणपत्र तथा गोल्डेन बुट समेत हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर