नेपाल टी ट्वान्टी लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टारको बिजयी सुरुआत — OSNepal

नेपाल टी ट्वान्टी लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टारको बिजयी सुरुआत

LC (KTM) December 24, 2022 0

पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी ट्वान्टी लिगमा काठमाडौं नाइट्स र लुम्बिनी अल स्टारले विजयी सुरुआत गरेका छन् । आज बाट सुरु भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखरा निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो ।

पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८-१८ रन बनाए । काठमाडौका लागि अभिनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रनको योगफल तयार पारेको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे ।

यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २र२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे । आजै भएको अर्काे खेलमा लुम्बिनी अल स्टारले फार वेस्टर्न युनाईटेडलाई ६७ रनले हराउँदै लुम्बिनीले प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।

लुम्बिनीले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको फार वेस्टर्नले १६ ओभर २ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । फार वेस्टर्नका लागि कप्तान हस्मतउल्लाह शाहिदीले सर्वाधिक ३५ रन जोडे । फार वेस्टर्नलाई सस्तैमा समेट्न लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सागर ढकालले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।लुम्बिनीका लागि लाहिरु मिलान्थाले ५० बलमा ६० रनको अर्धशतकिय ईनिङ खेले । कप्तान दीपेन्द्र सिंह ऐरी ३५ तथा गुलसन झा २५ रनमा आउट भए । फार वेस्टर्नका लागि उमर अलि र करन केसीले समान ३-३ विकेट लिए । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने आयोजक नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर