युरोकप फुटबलको सेमिफाईनल समीकरण पुरा , सेमिफाईनलमा इंग्ल्याण्ड र डेनमार्कको भेट पक्का — OSNepal

युरोकप फुटबलको सेमिफाईनल समीकरण पुरा , सेमिफाईनलमा इंग्ल्याण्ड र डेनमार्कको भेट पक्का

LC (KTM) July 04, 2021 0

१६ औ संस्करणको युरोकप फुटबलको सेमिफाईनलको समिकरण पुरा भएको छ । हिजो राती सम्पन्न दुई खेल संगै अब सेमिफाईनलमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले स्थान सुरक्षित गरेका छन् । हिजो भएको खेलमा युक्रेनमाथि सानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले दुई गोलको योगदान गरे । यस्तै ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । यो जित संगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डले अब फाईनल प्रबेशको लागि डेनमार्क संग भिड्ने पक्का भएको छ । हिजो नै सम्पन्न खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर