पाइपबाट पानी लिकेज भएपछि हेर्न गएका पूर्व क्याम्पस प्रमुखको छतबाट खसेर निधन — OSNepal

पाइपबाट पानी लिकेज भएपछि हेर्न गएका पूर्व क्याम्पस प्रमुखको छतबाट खसेर निधन

LC (KTM) July 04, 2021 0

काठमाडौं-घरको छतबाट खसेर महेन्द्र बहुमुखी क्याम्पस धरानका पूर्व क्याम्पस प्रमुख सुर्यकुमार राईको ज्यान गएको छ ।शनिबार दिउँसो इटहरी–२० तरहरामा आफ्नै घरको छतबाट खसेर राइको ज्यान गएको बताक्ष्एको छ । श्रीमतिको साथमा घरमा बस्दै आएका राइको निधन भएपछि श्रीमती विक्षिप्त जस्तै बनेकी छन् ।

पाइपबाट पानी लिकेज भएपछि हेर्न जाने क्रममा घरको तेस्रो तला ९छत०बाट चिप्लिएर खसेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक राई भुमी सम्बन्धी समस्या समाधान आयोग, जिल्ला समिति सुनसरीका विज्ञ सदस्य रहेका थिए । शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर