देउवालाई घाम तापेर बस्न सागर ढकालको सुझाव , अबको ५ बर्ष पछि युवाबाट प्रधानमन्त्री बन्ने दाबी — OSNepal

देउवालाई घाम तापेर बस्न सागर ढकालको सुझाव , अबको ५ बर्ष पछि युवाबाट प्रधानमन्त्री बन्ने दाबी

LC (KTM) December 26, 2022 0

मंसिर ४ गतेको निर्वाचनमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिरुद्ध डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले अबको ५ बर्ष पछि युवा प्रधानमन्त्री आउने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्रीमा नियुक्त भएपछि सामाजिक सञ्जालमार्फत शुभकामना दिदै यस्तो बताएका हुन् ।

युवाहरुको योगदानले आज आफ्नै साथिहरु मन्त्री बनेर काम गरेको भन्दै अबको ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री बन्ने भन्दै त्यसका लागि तयार रहन सबै नेपालीलाई आग्रह समेत गरेका छन् । त्यतिमात्र हैन उनले शेरबहादुर देउवाको कार्यकाललाई राणा शासनको संज्ञा दिदै उनले राजनीतिबाटै सन्यास लिन सुझाएका छन् ।

उनले फेसबुकमा लेखेका छन् -शेरबहादुर राणाको शासनबाट उन्मुक्ति पाएका हामी तिन । शेरबहादुरले ज्योतिषलाइ विश्वास गरे , ज्योतिषले भगवानलाई। अत्याचार पाप गरेपछि भगवान पनि रिसाए । सागरले जिते सांसद मात्र हुने हो , मैले जिते प्रधानमन्त्री यो मिलेन । तपाईंले जीवन भर गरेका केही राम्रा कामका लागि धन्यबाद ।

हाम्रा धेरै साथिहरुको योगदानले आज मेरा साथिहरु मन्त्री बनेर काम गर्दैछन् , तपाइँ हार्नु भयो हजुरबुबा, सन्यास लिनुस । जाडो छ घाम ताप्नुस बस्नुस। आज मन्त्री , अब को ५ बर्षमा युवाबाट नयाँ प्रधानमन्त्री , सबै नेपाली तैयार बस्नुहोला । अब देश बनाएरै छाड्ने हो । बधाई तथा सुभकामना रास्वपालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर