ओमनमा गाडीको ठक्करबाट २७ वर्षीया शान्तिले गुमाइन ज्यान, श्रीमान्ले अर्को विवाह गरेपछि दुई सन्तान बने टुहुरा — OSNepal

ओमनमा गाडीको ठक्करबाट २७ वर्षीया शान्तिले गुमाइन ज्यान, श्रीमान्ले अर्को विवाह गरेपछि दुई सन्तान बने टुहुरा

LC (KTM) December 27, 2022 0

दैलेख – ओमनमा एक महिलाको गाडी दुर्घटनामा परी ज्यान गएको छ । ज्यान जानेमा नारायण नगरपालिका वडा नं. ७ किमुगाउँकी २७ वर्षीया शान्ति मल्ल रहेकी छन् ।

मृतकका मामा हर्कबहामदुर चन्दले मार्केटिङको काम सकेर सडक पार गर्दा ओमनको मस्कट अमर भन्ने ठाउँमा कारको ठक्करबाट सोमवार दिउँसो ज्यान  गएको शान्तीका मामाले बताए ।

श्रीमान् झलकबहादुर शाहीले दोस्रो विवाह गरेपछि चार वर्षदेखि माइतीको संरक्षणमा बस्दै आएकी शान्ति दुई दुई महिना अघिमात्र वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी थिइन् । उनका नौ वर्षकी छोरी र ६ वर्षका छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर