विश्वकपमा फाइनलपछि अर्जेन्टिनी गोलकिपर मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी — OSNepal

विश्वकपमा फाइनलपछि अर्जेन्टिनी गोलकिपर मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै मार्टिनेजलाई बेच्ने भिल्लाको तयारी

LC (KTM) December 27, 2022 0

एजेन्सी – अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै एस्टन भिल्लाका प्रशिक्षक उनाई एम्रीले बेच्ने तयारी गरेको बताइएको छ ।

विश्वकप फुटबलको फाइनल खेलपछि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले ‘आपत्तिजनक’ व्यवहार देखाएको भन्दै स्पेनिस पत्रिकालाई उद्धृत गर्दै डेली मेलले एम्री मार्टिनेजको व्यवहारबाट खुसी नरहेको उल्लेख गरेको छ ।

फुटबल एस्पानाको रिपोर्टमा एम्रीले मार्टिनेजको सो व्यवहारलाई नरुचाएको बताइएको छ । विश्वकपमा उत्कृष्ट गोलकिपरका लागि ‘गोल्ड ग्लोब’ को अवार्ड हात पारेपछि मार्टिनेजले ट्रफीसँग आपत्तिजनक सङ्केत गरेको दृष्य भाइरल बनेको थियो ।

रिपोर्टमा मार्टिनेजले विश्वकपमा गरेको प्रदर्शनका बाबजुद एम्री उनलाई ‘चाँडोभन्दा चाँडो’ बिक्री गर्न चाहेको उल्लेख छ ।फाइनलपछि ३० वर्षीय गोलकिपरले बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएका थिइ । त्यस्तो अनौठो दृष्यलले धेरै चकित बनेका थिए । बारम्बार किलियान एम्बाप्पेलाई गिज्याएको भन्दै फ्रान्सले फिफामा उनीविरुद्ध उजुरीसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर