सन्दीप लामिछानेको मुद्धा कहिले पाउँला किनारा ? जिल्ला अदालतले माग गर्यो किशोरीको अस्पतालको जन्म प्रमाण — OSNepal

सन्दीप लामिछानेको मुद्धा कहिले पाउँला किनारा ? जिल्ला अदालतले माग गर्यो किशोरीको अस्पतालको जन्म प्रमाण

LC (KTM) December 27, 2022 0

लामो समय बितिसक्दा समेत क्रिकेटर सन्दीप लामिछानेको मुद्धाले किनारा पाउन सकेको छैन । तर अब जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउने किशोरीको जन्मसम्बन्धी प्रमाण माग गरेको छ । अदालतले जन्म प्रमाण अस्पतालबाट झिकाउन आदेश दिएको हो ।

मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले यस्तो आदेश दिएको हो । किशोरीको उमेर विवाद निरुपण गर्न अस्पतालबाट कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

अदालतले क्रिकेटर देव खनाल र किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई बकपत्रका लागि पनि बोलाउन पनि आदेश दिएको छ । मंगलबार जाहेरवाला, सरकारी साक्षी र सन्दीप लामिछानेका साक्षीको अदालतले वयान लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर