राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको रुपमा सम्मानित हुदै — OSNepal

राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीको रुपमा सम्मानित हुदै

LC (KTM) December 27, 2022 0

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ सम्मानित हुने भएका छन् । उनलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७९ बाट सम्मान गर्न लागिएको हो । यो सम्मान सहारा क्लब पोखराले गर्दैछ ।

आज पत्रकार सम्मेलनको आयोजना गर्दै अनन्तलाई सम्मानित गरिने क्लबले जानकारी दिएको छ । आहा रारा पोखरा गोल्डकप फुटबलको उद्घाटनका बेला अर्थात यहि पुस १४ गते अनन्तलाई सम्मान गरिने बताइएको छ ।

अनन्तलाई ५० हजार ५ रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिनेछ ।सहाराले हरेक वर्ष राष्ट्रिय टोलीका एक खेलाडीलाई सम्मान गर्दै आएको छ । यस अघि भरत खवास,किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट सम्मानित भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर