मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध — OSNepal

मनाङ छाडेका अन्जन चर्च ब्वाइजमा अनुबन्ध

LC (KTM) December 28, 2022 0

काठमाडौं, १३ पुस:नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन बिष्ट ‘ए’ डिभिजन लिग क्लब चर्च ब्वाइजमा अनुबन्ध भएका छन् ।

मंगलबार मात्रै कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लब छोडेको घोषणा गरेका अन्जनलाई चर्च ब्वाइजले बुधबार बिहान अनुबन्ध गरेको घोषणा गरेको हो । अन्जनले सामाजिक सञ्चालमार्फत लामो सन्देश लेख्दै मनाङको सम्झौता समाप्त भएको बताएका थिए ।

मनाङबाट अन्जनले २०७५ सालको बिना रेलिगेशन लिग उपाधि जितेका थिए । त्यसअघि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट राष्ट्रिय लिग खेलेका थिए । एन्फा एकेडेमीका अन्जनले पहिलो पटक चर्च ब्वाइजबाट लिग खेल्न लागेका हुन् । चर्च ब्वाइजले पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको हो ।

अन्जनले राष्ट्रिय टोलीबाट ११ गोल गरिसकेका छन् । गत असोजमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा ह्याट्रिक प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर