• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु,४० जनाको सैनिक अस्पतालमा उपचार हुँदै

सैनिक विमान दुर्घटनाग्रस्त, १७ जनाको मृत्यु,४० जनाको सैनिक अस्पतालमा उपचार हुँदै


  • ओएसनेपाल
  • असार २० २०७८, आइतबार
  • ८:२० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 4.5K
    SHARES

    कोटाबाटो, फिलिपिन्स, २० असार – फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृ त्यु भएको छ । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये करिब ४० जना घाइते भएका छन् ।सी–१३० हर्कुलस विमानमा ९२ जना सवार थिए । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्यान्ह विमान दुर्घटनाग्रस्त भएको रक्षा सचिव डेल्फिन लोरेन्जानाले बताउनुभयो ।सचिव लोरेन्जोले विमानमा सवार ४० जना घाइते भएका र उनीहरुको उद्धार गरिएको जानकारी दिनुभयो ।

    स्थानीय सञ्चार माध्यमले खिचेका तस्वीरमा दुर्घटनाग्रस्त विमानमा भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा देखिएको छ । सशस्त्र सैन्य बलका प्रमुख जनरल सिरिलिटो सोबजानाले कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको विमान दुर्घटनामा परेको बताउनुभयो । उहाँले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताउनुभयो ।उद्धार गरिएका ४० जनाको नजिकैको सैनिक अस्पतालमा उपचार भइरहेको पनि उहाँले बताउनुभयो । फिलिपिन्सका हवाई सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल मेनार्ड मारिआनोले दुर्घटनाको कारणका बारेमा चाँडै अनुसन्धान शुरु हुने जानकारी दिनुभयो । (रासस–एएफपी)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend