कांग्रेस मधेस प्रदेश दलको नेतामा कृष्ण र रामसरोजको उम्मेदवारी — OSNepal

कांग्रेस मधेस प्रदेश दलको नेतामा कृष्ण र रामसरोजको उम्मेदवारी

LC (KTM) December 29, 2022 0

काठमाडौं, १४ पुस:नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेता चयन निर्वाचनबाटै टुंगो लाग्ने भएको छ । बिहीबार बिहानसम्म सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचनबाटै दलको नेता चयन हुने भएको हो । त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ ।

कांग्रेस मधेस प्रदेश संसदीय दलको नेताका लागि कृष्णप्रसाद यादव र रामसरोज यादवको उम्मेदवारी परेको छ । रौतहटका कृष्ण कांग्रेसको मधेस प्रदेश सभापति पनि हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

रामसरोज यादव अहिले मधेस प्रदेशमा कांग्रेसबाट मन्त्री छन् । उनी कांग्रेस नेता विमलेन्द्र निधि निकट छन् । विगतमा रामसरोज पनि देउवा निकट नै थिए । कांग्रेसको एक वर्षअघि सम्पन्न महाधिवेशनमा निधिले आफ्नो गुट बनाएपछि रामसरोज उतै लागेका हुन् । कांग्रेस मधेस प्रदेशमा दोस्रो ठूलो दल बनेको छ । केन्द्रको समीकरण फेरबदल भएकाले कांग्रेसलाई सरकार बनाउन सजिलो छैन । तर, पनि कांग्रेसले सरकार बनाउन वार्ता प्रक्रिया अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर