कीर्तिमानी पारिश्रमिकमा रोनाल्डो साउदी अरेबियाको अल नासरमा अनुबन्धित — OSNepal

कीर्तिमानी पारिश्रमिकमा रोनाल्डो साउदी अरेबियाको अल नासरमा अनुबन्धित

LC (KTM) December 31, 2022 0

काठमाण्डौ – पोर्चुगलका क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्ध भएका छन् ।उनले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताइएको छ । ३७ वर्षीय रोनाल्डो म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन थिए ।

नसरले रोनाल्डोलाई यसअघि वार्षिक १ सय ७५ मिलियन पाउन्डको अफर गरेको थियो । पाँच पटकको बालेन डीओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका थिए । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् । नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड पारिश्रमिक लिनेछन् र यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर