क्रिकेटर ऋषभ दुर्घटनामा परेपछि यी नायिकाले गरेको ट्वीट भाइरल — OSNepal

क्रिकेटर ऋषभ दुर्घटनामा परेपछि यी नायिकाले गरेको ट्वीट भाइरल

LC (KTM) December 31, 2022 0

एजेन्सी- ३० डिसेम्बरको दिन एकपछि अर्को दुःखद समाचार सुन्न पाइयो । फुटबल स्टार पेले र प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधनको खबरले मानिसलाई स्तब्ध बनाएको छ । त्यसैले क्रिकेटर ऋषभ पन्तको दुर्घटनाले क्रिकेटका फ्यानहरुको सास नै छाड्यो । क्रिकेटर ऋषभ पन्तको कार शुक्रबार बिहान खतरनाक दुर्घटनामा परेको छ ।

उक्त दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् ।ऋषभ पन्त तीव्र गतिमा गाडी चलाउँदै थिए । यसै क्रममा उनको दुर्घटना भयो । हाल क्रिकेटरको अस्पतालमा उपचार भइरहेको छ । क्रिकेटरका फ्यानहरुले सामाजिक सञ्जालमा उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच बलिउड अभिनेत्री उर्वशी रौतेलाले ट्वीट ट्वीटगरेकी छिन् ।

उर्वशीले ट्विटमा लेखेकी छन्, ‘म तिम्रो र तिम्रो स्वास्थ्यको लागि प्रार्थना गर्छु ।उर्वशीको यो ट्विटपछि फ्यानहरु निकै खुसी भएका छन् । उर्वशीले यो ट्विट ऋषभ पन्त र उनको परिवारका लागि गरेको धेरै प्रयोगकर्ताको विश्वास छ । यसका लागि नायिकाको तारिफ पनि भइरहेको छ । एक प्रयोगकर्ताले टिप्पणी गरे, यसलाई माया भनिन्छ। अर्कोले लेखे, यो धेरै गजबको छ हृदयबाट।

अर्काले लेखे, सबै ठीक हुनेछ, चिन्ता नगर्नुहोस्।अरु धेरै प्रयोगकर्ताहरुले उर्वशीको यो ट्विटले उनको ऋषभप्रतिको प्रेम देखाएको बताएका छन् । यसैबीच, उर्वशीको ट्विटबाट अन्योलमा परेका धेरै प्रयोगकर्ता छन् । मेम सेयर गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, म यो ट्विट कस्का लागि पेले हो, मोदीजी वा ऋषभ पन्तको हो भनेर सोच्दै छु।ु अर्काले लेखे, कसको बारेमा ट्विट गर्नुभयोरुु उही समयमा, केहि प्रयोगकर्ताहरू छन् जसले उर्वशीको कुराकानीलाई नौटंकी भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर