इलाममा पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु — OSNepal

इलाममा पोखरीमा डुबेर २६ वर्षीय युवतीको मृत्यु

LC (KTM) January 01, 2023 0

इलाम, १७ पुस :इलाममा पोखरीमा डुबेर एक युवती मृत्यु भएको छ ।

आफ्नै घर नजिकको पोखरीमा डुबेर इलाम नगरपालिका–१, साखेजुँङ बस्ने २६ वर्षीया हिमान्सी दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा पौडी खेल्न जाने क्रममा डुबेर घाइते भएकी उनको इलाम अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर