मेस्सीले विश्वकपको उपाधि जिते लगत्तै ट्रफीसँगै सुतेको कोठालाई सङ्ग्रहालय बनाइने — OSNepal

मेस्सीले विश्वकपको उपाधि जिते लगत्तै ट्रफीसँगै सुतेको कोठालाई सङ्ग्रहालय बनाइने

LC (KTM) January 01, 2023 0

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी यो वर्ष सबैभन्दा बढी चर्चामा रहेका खेलाडी हुन् ।अघिल्लो विश्वकपमा आफ्नो देशलाई भनेजस्तो उपलब्धि दिलाउन नसकेका उनले अहिले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई २०२२ को विश्वकपको उपाधि जिताउन सफल भए । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै मेस्सीले ६८ वर्षपछि आफ्नो देशलाई विश्वकप जिताउन सफल भए ।

यसैबीच मेस्सीका धेरै तस्बिर सामाजिक सञ्जालमा भाइरल बने । अर्जेन्टिनासहित उनका सर्मथकहरु रहेका देशमा ठुलो उत्सव पनि मनाइयो । मेस्सीका हरेक लुक्स उनका फ्यानहरुले सामाजिक सञ्जालमा शेयर गरे । यसैबिच मेस्सीले विश्वकपको ट्रफीसँगै आफू सुतेको तस्बिर शेयर गरेको कोठालाई सङ्ग्रहालय बनाइने भएको छ । मेस्सीको टोली बसेको कोठा सङ्ग्रहालय बनाउने घोषणा कतार विश्वविद्यालयले गरेको छ । उक्त सङ्ग्रहालय आगन्तुकहरूको लागि मात्र खोलिने अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर