२६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र — OSNepal

२६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संसद सचिवालयमा प्रधानमन्त्रीको पत्र

LC (KTM) January 02, 2023 0

काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन संघीय संसद सचिवालयमा पत्र दिएका छन् ।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् ।

२६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्रीले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर