‘दुस्मन’लाई खुकुरी हानेपछि आक्रमणकारी सोही गाडीमा भारत तिर सुइकिए — OSNepal

‘दुस्मन’लाई खुकुरी हानेपछि आक्रमणकारी सोही गाडीमा भारत तिर सुइकिए

LC (KTM) January 03, 2023 0

बाँके । सीमावर्ती शहर नेपालगञ्जमा हुने अपराधमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग हुने गरेको छ । अपराधमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी कानुनी प्रक्रियासमेत पूरा नगरी भित्रिएको पाइएको छ ।

आइतबार दिउँसो सवा एक बजे नेपालगञ्जको बीच बजारमा पर्ने गणेशपुरमा तीन जना युवालाई लखेटी–लखेटी खुकुरी प्रहार गरियो । खुकुरी हान्ने चार जना यूपी ३२ ईयू ८६१६ नम्बरको भारतीय कारमा थिए ।‘दुस्मन’लाई खुकुरी हानेपछि आक्रमणकारी सोही गाडीमा नाकातिर हुँइकिए । सबै नाकामा तैनाथ सुरक्षाकर्मीले डुडुवाको वनकट्टीबाट रामपुरुवा जाने कच्ची सडकको दक्षिणतर्फ गहुँ लगाएको खेतमा गाडी फेला पारे । त्यहीँनजिकै दासपुरुवाबाट आक्रमणकारीलाई समातियो ।

खुकुरी हान्ने चारै जना पूर्वी छोटी नाकाबाट भारत छिर्ने दाउमा थिए । भारतीय नम्बर प्लेटको गाडी भएकाले नाका पार गर्नेबित्तिकै उनीहरूलाई सहज हुन्थ्यो । नाका पार गर्न नपाउँदै उनीहरू समातिए ।नेपालगञ्ज र आसपासमा अपराध गर्नेले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्नुको मुख्य उद्देश्य नै अपराधपछि भारत भाग्न सजिलो हुने भएकाले हो ।

अपराधमा प्रयोग भएका भारतीय नम्बर प्लेटका गाडीको भन्सारसमेत हुँदैन । भन्सार भइहाले पनि केही दिनका लागि मात्रै हुने र त्योभन्दा धेरै दिन यतै बस्ने गरेको पाइएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर